कांग्रेसका कार्यक्रताले मुख्यमन्त्री पोखरेल सवार गाडीमा ढुंगा प्रहार गरे

Sayalb

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा कांग्रेस कार्यक्रताले ढुंगा प्रहार गरेका छन । आइतबार साँझ मुख्यमन्त्री सवार गाडीलाई लक्षित गरि ढुंगा प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खडग बहादुर खत्रीले बताउनुभयो । प्रहरीले ढुंगामुढा गर्ने करिब १२ जनालाई पक्राउ गरेको छ । ढुंगामुढा गर्दा स्कर्टिङसहितको गाडीको सिसा फुटेको छ । काठमाडौंबाट हवाईमार्ग हुँदै फर्किएका मुख्यमन्त्री पोखरेल भैरहवा एअरपोर्टबाट आउँदै गर्दा बुटवलको राजमार्ग चौराहमा कांग्रेस कार्यक्रताले ढुंगा प्रहार गरेका हुन्। । ढुंगामुढा प्रहार भए लगत्तै प्रहरीले हवाई फायर समेत गरेको प्रत्यक्षदर्शीले बताएका छन्।  प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेससहित यस क्षेत्रका संघसंस्था आन्दोलित छन्।

Shaileshwori
Loading...