बोगटान फुड्सिलले ल्यायो २०८१/८२ को नीति तथा कार्यक्रम

वैशाख ७, डोटी 
बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार गाउँपालिकाको सभा हलमा बसेको १५ औँ गाउँ सभामा अध्यक्ष कमल बहादुर गड्सिलाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा अध्यक्ष गड्सिलाले गत आर्थिक वर्षमा हासिल गरेका उपलब्धिहरूलाई २३ बुँदामा समावेश गरेका छन् । विभिन्न कानुन निर्माण, गाउँपालिकाको प्रशासनिक भवनको निर्माण थालनी, स्वास्थ्य संस्थामा औषधीको व्यवस्था, न्यायिक समिति मार्फत विभिन्न उजुरी फर्छ्यौट, विद्युत् विस्तारको काम अगाडि बढाइएको, घुम्ती शिविर सञ्चालन, सिपमूलक तालिमको आयोजना, १ नम्बर वडा बाल मैत्री घोषणाको चरणमा रहेको, सडक गुरुयोजना लगायतलाई पालिकाले उपलब्धिको रूपमा लिएको छ । आगामी वर्षको नीति कार्यक्रम आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन गरी पाँच भागमा विभाजन गरी ल्याइएको छ ।
Sayalb
किसानलाई अनुदान, कृषक पाठशालालाई निरन्तरता दिने, सामूहिक खेती प्रणालीलाई प्राथमिकता दिने, किसानको तथ्याङ्क अद्यावधिक गर्ने, किसानलाई प्रोत्साहन तथा पुरस्कार दिने, रैथाने वालिको प्रवर्द्धन गर्ने, एक पटकमा एक हजार भन्दा बढी बोटबिरुवा रोप्नेलाई अनुदान दिने, सेती र कर्णाली नदिमा जल पर्यटनलाई प्रवर्द्धन गर्ने, एकल महिला, बेरोजगार तथा अति पिछडिएका महिलालाई रोजगारमूलक तालिम दिने, बसाइसराइ नियन्त्रण गर्न ठोस कार्यक्रम ल्याउने, आँखा उपचार केन्द्र स्थापना गर्ने अध्यक्ष गड्सिलाले प्रस्तुत गरेको नीति तथा उल्लेख गरिएको छ ।

त्यस्तै विद्यालयलाई सूचना प्रविधियुक्त बनाउने कार्यको थालनी गरिने, शैक्षिक गुणस्तर बढाउन विभिन्न कार्य गरिने,एक खेलका लागि एक प्रशिक्षक नियुक्त गरिने, हुड्केली, पञ्चेबाजा, मारुनी नाच, फाग आदीको प्रवर्द्धन गर्ने, सडक निर्माण र विस्तार गर्ने कार्यलाई निरन्तरता दिने, सार्वजनिक यातायातको भाडा दर नियमन गर्ने, सामुदायिक वनलाई गाउँपालिकाको राजश्वको दायरामा ल्याउने, विपद् व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याउने, सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि `म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार हुन दिन्न, म देश र जनताका लागि इमानदार भएर काम गर्ने छु´ भन्ने प्रतिज्ञा सहितको कार्यको सुरुवात गर्ने लगायतका कुराहरूलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
अध्यक्ष गड्सिलाले अर्को गाउँ सभा बैठक वैशाख १४ गते बस्ने सभा सदस्यलाई जानकारी गराएका छन् । सो बैठकले नीति तथा कार्यक्रम पास गर्ने छ ।
Shaileshwori
Loading...