डोटीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते

वैशाख १२, डोटी 
डोटीमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जानकी गाउँपालिका कटासेका ३६ वर्षीय रमेश विकको मृत्यु भएको छ भने उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी छिन् ।
bhukampa
बुधवार बिहान भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खालि ट्याङ्करले कैलालीबाट डडेल्धुरा आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका दुवै श्रीमान् श्रीमतीलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याइएकोमा उपचारमा क्रममा रमेशको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा घाइते लक्ष्मीको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।
Shaileshwori
Loading...