Before Header
After Navigation

कांग्रेस डोटी कोभिड–१९ सूचना संयोजकमा खड्का

नेपाली कांग्रेस डोटीको सूचना संयोजकमा जितबहादुर खड्का चयन भएका छन ।
दिपायल सिलगढी नगरपालिका वडा नं. १ का कांग्रेस नेता खड्कालाई नोभेल कोरोना भाईरस कोभिड–१९मा सूचना संकलन तथा बस्तुस्थिती बिश्लेषण गर्ने गरी सूचना संयोजक खड्कालाई तोकिएको हो । नेपाली कांग्रेस कोभिड–१९ अनुगम समितिको भाद्र ८ गतेको निर्णय अनुसार कोभिड–१९ सूचना संयोजक तोक्ने निर्णय गरे अनुसार डोटीमा पनि सूचना संयोजक तोकिएको हो ।
संयोजकले जिल्लामा कोभिड संक्रमणको स्थिती र परिक्षणको अबस्थामा जानकारी लिने, कोरोन्टाईन तथा आईसोलेनमा स्वास्थ्य सुरक्षाको मापदण्डको अबस्थाको अनुगमन गर्ने लगाएतका जिम्मेवारी दिएर खड्कालाई सूचना संयोजक तोकिएको हो ।

Sagan sahari bhawan nirman aayojana

Shaileshwori
Loading...