
उपनिर्वाचन भएको बझाङ प्रदेश सभा ९१० मा दिउँसो १ बजेदेखि मत गणना हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मत गणना गर्ने निर्णय गरेको हो । मतपेटीका संकलन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो ।

शनिबार भएको निर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो । प्रदेश सभा सदस्यमा ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।
