सेती नदीमा नुहाउने क्रममा एक पुरुष बेपत्ता

डोटी । सेती नदीमा नुहाउने क्रममा सोमबार डोटीमा एक जना पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलाली जिल्ला धनगढी उपमहानगरपालिका वडा नं। ३ माया मेट्रो अस्पताल पछाडि बस्ने अन्दाजी वर्ष ३८र४० को नर बहादुर तामाङ रहेका छन्।

शिखर नगरपालिका वडा नं ८ लुवाखडी स्थित सेती नदीमा नुहाउने क्रममा सोमबार दिउँसो करिब २ बजेतिर डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जनाएका छन् ।

Sayalb

धनगढीबाट अछाम तर्फ जाँदै गरेको सु।प।प्र। ०१ ००१ ज १५३४ नं। को अल्टो कार लुवाखडी स्थित सडकमा रोकी सेती नदिको किनारमा नुहाउने क्रममा डुबी बेपत्ता भएका हुन् ।

अहिले नेपाल प्रहरी, स्थानवासीको सहयोगमा उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Shaileshwori
Loading...