डोटीका थप एक जनामा कोरोना पुष्टि

Sayalb

असोज १९,  डोटी
सोमबार डोटीका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा डोटीका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । एक जना थपिएसंगै डोटीमा कोरोना संक्रमित हुनेको जम्मा संख्या एक हजार एक सय दुई पुगेको छ । सोमबार जिल्लाको जोरायल गाँउपालिका वडा नम्बर ४ का ३० पर्षीय पुरुष संक्रमण पुष्टि भएको हो । हाल जिल्लामा एक सय जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताउनु भयो ।

Shaileshwori
Loading...