शिक्षक र कर्मचारीलाई दलको सदस्यता त्याग्न गाउँपालिकाको निर्देशन

१५ दिन भित्र सदस्यता नत्यागे कारबाही हुने

वैशाख, ३० सल्यान
सल्यानको एक गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको छ । कपुरकोट गाउँपालिकाले १५ दिनको समय दिँदै सार्वजनिक सूचना निकालेर सामुदायिक तथा निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिएको हो ।
Sayalb
गाउँपालिकाको शिक्षा शाखा मार्फत सार्वजनिक सूचना जारी गरेर शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइएको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार ओलीले बताए । उनका अनुसार १५ दिनभित्र सदस्यता त्यागेको स्वघोषणा नगरे राजनीतिक दलको सदस्यता लिएको प्रमाण भेटिए कानुन बमोजिम कारबाही हुने छ ।
गाउँपालिकाको गत वैशाख २४ गते बसको शिक्षा समितिको बैठकले शिक्षा तथा सेवा प्रवाहलाई मर्यादित बनाउन शिक्षक तथा कर्मचारीले १५ दिनभित्र राजनीतिक दलको सदस्यता त्यागेको घोषणा गर्नुपर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए ।
यसअघि शिक्षा मन्त्रालयले शिक्षकले कुनै पनि दलको सदस्यता लिन नपाउने कानुन कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गर्दै सबै शिक्षकलाई दलको सदस्यता लिएको भए त्याग्न निर्देशन दिएको छ ।
Shaileshwori
Loading...