थप २४ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि


पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ७ सय ८१ नमुना परीक्षण गर्दा ९ सय ३७ महिला र १ हजार ५ सय ३ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको सख्ंया ८९ हजार २ सय ६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १५ सय ३१ सङ्क्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा मात्र १ हजार १ सय ३३ जना सङ्क्रमणमुक्त भएका छन् । संक्रिय सङ्क्रमितको संख्या २३ हजार ५ सय ०७ पुगेको छ । हाल सम्म ५ सय ५४ जनाको मृत्यु भएको छ ।
