कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा एक किशोरीको मृत्यु

Sayalb
जेठ १, कैलाली 
कैलालीको लम्कीमा एम्बुलेन्स दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ । मङ्गलवार बिहान दुर्घटनामा परि बर्दियाको राजापुर नगरपालिका–९ की १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार भारतको हल्द्वानीबाट उपचार गरी घर फर्किरहेकी उनको लम्की चुहा नगरपालिकाको धोबेनी खोला नजिक भएको यूके ०४ पीए १९०५ नम्बरको भारतीय एम्बुलेन्स दुर्घटनामा परि मृत्यु भएको हो ।
एम्बुलेन्स भारतको नैनितालका ५० वर्षीय प्यारेलालले चलाएका थिए । एम्बुलेन्समा चालकसहित छ जना सवार रहेका थिए । उनीहरू सकुशल रहेका छन् । एम्बुलेन्स र चालक प्यारेलाललाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।
Shaileshwori
Loading...