खप्तड राष्ट्रिय निकुञ्जको वार्डेन निवासका छाना हावाहुरीले उडायो

Sayalb
जेठ २, डोटी
खप्तड राष्ट्रिय निकुञ्जका घरका छाना हावाहुरीले उडाएको छ । पुर्विचौकी गाउँपालिकाको झिग्रानामा अवस्थित निकुञ्जका दुई ओटा घरका छानामा हावाहुरीले क्षति पुर्‍याएको छ ।
बुधवार बुलुका आएको हावाहुरीले खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन निवासका साथै एक जना स्थानीयको घरको छाना उडाएको खप्तड होम स्टेका सञ्चालक दीपक खड्काले जानकारी दिनुभयो । उनले आफ्नो होम स्टेका दुई तिन ओटा ढोकामा पनि क्षति पुगेको बताएका छन् ।
Shaileshwori
Loading...