निरन्तर वडा कमिटिको बैठकमा नेकपा बोगटान


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बोगटान फुड्सिल गाउँपालिका वडा कमिटिको बैठकको कामलाई तिब्रता दिएको छ । पार्टी एकताको काम सकियपछी पार्टी संगठन बिस्तार तथा संगठन शुदृढीकरणका लागी गाउँ अभियान सञ्चालन गरिएको संगठन कमिटि अध्यक्ष देबबहादुर बोहराले बताए ।
वडा नं. १ कानाचौर, वडा न २ केदारअखडा र वडा नं. १ सिमचौरमा संगठन कमिटिको बैठक सम्पन्न गरेको छ । पहिलो चरणमा पार्टी कमिटिको बैठक गर्ने र दोस्रो चरणमा संगठन बिस्तारको कामका लाग्ने कार्यक्रम तय भएको संगठन कमिटिका सचिब बिरेन्द्रबहादुर चन्दले बताए ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधी र पार्टीका नेता सहित बोगटानमा भएको बिकासको समिक्षा तथा आगामी दिनमा गर्नु पर्ने कामका बारेमा समिक्षा पनि बैठकमा भईरहेको सचिब चन्दले बताए ।
