श्रमदानबाट विद्यालयको खानेपानी मर्मत 

जेठ ५, डोटी 
डोटीको जोरायल गाउँपालिका–४ मा रहेको घण्टेश्वर माद्यामिक विद्यालयको पानी श्रमदानबाट मर्मत गरिएको छ । लामो समयदेखि विद्यालयमा आउने पानीका दुई ओटै मुहानको पानी अवरुद्ध भएपछि शनिवार श्रमदानबाट मर्मत गरिएको छ । श्रमदानमा वडा अध्यक्ष नन्दराज भट्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीप सीँ साहु, शिक्षक अभिभावक सङ्घका अध्यक्ष राम बहादुर बिक र प्रधानाध्यापक लाल बहादुर कुवर लगायतका ७० जनाको सहभागिता रहेको थियो ।
Sayalb
बोय घण्टेश्वर स्कुल खाने पानी मुहान र रेगडी घण्टेश्वर स्कुल खाने पानी मुहानका भाँचिएका पाइपको मर्मत, जमिनमा खुल्ला रहेको पाइप गाड्ने, पानी ट्याङ्की र इन्टेकहरूमा जम्मा भएको लेदो सफा गर्ने काम गरिएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष राम बहादुर विकले जानकारी दिए । विद्यालयमा आउने पानीका दुई ओटै मुहानको पानी एकै चोटि अवरुद्ध हुँदा विद्यार्थीहरूलाई खाने पानीको समस्या हुनुका साथै शौचालयको प्रयोग गर्न समेत समस्या भएको थियो ।
श्रमदानबाट खाने पानी मर्मत भएपछि अब खाने पानीको समस्या समाधान हुने भएको छ । घण्टेश्वर माद्यामिक विद्यालयमा ७ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
 
Shaileshwori
Loading...