चट्याङ लागेर बैतडीमा दुई जना घाइते

Sayalb
जेठ ६, बैतडी । 
बैतडीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शनिवार राति चट्याङ लागेर जिल्लाको दशरथचन्द नगरपालिका–१ खर्कका ३६ वर्षीय जयबहादुर भाट र २६ वर्षीय जगदीश भाट घाइते भएका हुन् ।
घर नजिकैको दल्लाको रुखमा चट्याङ परेको र सोही चट्याङले दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । घाइते भएका जयबहादुरको खुट्टामा चोट लागेको छ भने जगदीशको आँखामा चोट लागेको छ ।
घाइते दुवै जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।
Shaileshwori
Loading...