

जेठ ६, काठमाडौँ ।
नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज तोलामा रु एक हजार छ सयले वृद्धि भएको सुन रु एक लाख ४० हजार नौ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
शुक्रवार छापावाला सुन तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन शुक्रवार प्रतितोला रु एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४० हजार दुई सय निर्धारण भएको छ ।
