खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजश्वमा कमी

जेठ ११, डोटी
खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजश्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । खप्तड राष्ट्रिय निकुञ्जले आयोजना गरेको सरोकारवालासँगको समन्वय बैठकमा राजश्व सङ्कलन चुनौती बनेको बताइएको छ ।

चालु आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्त सम्म तीन लाख ३६ हजार १० रुपैयाँ मात्रै राजश्व सङ्कलन भएको निकुञ्जका कार्यालय प्रमुख सरोज मणि पौडेलले बताउनु भयो । सो अवधिमा एक हजार तीन सय चार जनाले खप्तडको भ्रमण गरेका छन् । चालु वर्षका तीन महिना बाकी रहेपनि अछिल्लो वर्ष जति नै राजश्व उठ्ने देखिदैन ।

आर्थिक वर्ष २०७९/०८० मा सात लाख ८७ हजार छ सय २६ रुपैयाँ ५८ पैसा सङ्कलन भयो थियो । सो अवधिमा दुई हजार ८ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए ।

Sayalb

त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार दुई सय नौ जनाले खप्तडको भ्रमण गरेकोमा नौ लाख २० हजार आठ सय २९ रुपैयाँ ६८ पैसा सङ्कलन भएको खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ । २०७७/०७८ मा ६ लाख २२ हजार पाँच सय तीन रुपैयाँ राजश्व उठेको थियो । सो अवधिमा एक हजार ६ सय ८८ जना पर्यटकले खप्तड आएका थिए ।

राजश्वको प्रमुख स्रोत पर्यटकले काट्ने टिकट हो । पछिल्लो समय केही पर्यटकले टिकट बिनै खप्तडको भ्रमण गरिदिँदा राजश्व सङ्कलनमा कमी आएको निकुञ्ज प्रमुख पौडेको भनाइ छ । विभिन्न बहानामा टिकट नकाट्ने र टिकट छल्ने प्रबृद्धी बढ्दै जाँदा राजश्व सङ्कलनमा कमी आउनुका साथै खप्तड भ्रमणका क्रममा बिरामी परे उद्धारमा कठिनाइ हुँदै गएको कार्यालय प्रमुख पौडेलले बताउनु भयो । हजारौँ रुपैयाँ खर्च गरेर खप्तड भ्रमण गर्न आउने केही पर्यटकले एक सयको टिकट काट्न आनाकानी गर्ने गर्ने गरेको पौडेलले बताउनुभयो ।

खप्तड राष्ट्रिय निकुञ्जको प्रतिव्यक्ति प्रवेश शुल्क स्वदेशीको हकमा एक सय रुपैयाँ, सार्क मुलुकका नागरिकको हकमा पाँच सय रुपैयाँ र अन्य विदेशीका लागि एक हजार पाँच सय रुपैयाँ रहेको छ ।

Shaileshwori
Loading...