
डोटीका एक युवा भारतको चेन्नेइमा घरको चार तला माथिबाट खसेर मृत्यु भएको छ । जिल्लाको सायल गाउँपालिका वडा न –६ साउदनाराका प्रेम खातिको आफै कार्यरत कम्पनीको छतबाट खसेर मृत्यु भएको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले जानकारी दिए ।
पानी भर्नको लागी घरको वल्लो छतबाट पल्लो छतमा उफ्रिएर जाने क्रममा छतबाट खसेर मृत्युको उनका आफन्तले जानकारी दिएका छन् । उनका श्रीमती र दुई सन्तान छन् । लामो समय देखी भारतमा काम गर्दै आएका खाती आइतबार (आज) छतबाट खसेको सामाजिक सञ्जाल मार्फत अध्यक्ष जोशीले जानकारी दिएका हुन ।

