विपद् उद्धार तथा प्रतिकार्य अभ्यास “मनसुन–४” को घटना अभ्यास प्रदर्शन

सुबास नेपाली, डोटी
डोटी जिल्लामा विपद् उद्धार तथा प्रतिकार्य “मनसुन–४” को कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ । सोमबार दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती नदिमा नेपाली सेनाको श्री भैरव प्रसाद गणको आयोजना तथा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी,  सशस्त्र प्रहरी नं ३६ गण लगायतको समन्वयमा अभ्यास प्रदर्शन गरिएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले जानकारी दिए ।
प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न, खबर सङ्कलन, योजना, फौजको तैनाथी, साधनको समुचित व्यवस्थापन तथा सम्बन्धित सरोकारवाला निकायहरुसंग समन्वय गर्न प्रदर्शनीले ठुलो भूमिका खेल्ने श्री नं ५ बाहिनी अड्डाका सहायक बाहिनी पति युवराज केसीले बताए ।
Sayalb
मनसुन नजिकिँदै गएकोले भारी वर्षाको कारण पहाडी भू–भागका खोला तथा नदी आसपासमका वस्तिहरूमा बाढीको जोखिम हुने तथा पहिरो गई जनधनको ठुलो क्षति हुन सक्ने जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै आयोजना गरिएको घटना अभ्यासले विपद्को समयमा स्थानीय र सुरक्षाकर्मीहरूले स्थानीय श्रोत र साधनको समुचित प्रयोग गरी कसरी उद्धार गर्ने बारे जानकारी दिएको जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहले बताए ।
डोटी जिल्ला बहुपक्षीय विपद्को जोखिममा रहेको र समय समयमा गरिने यस्ता कृत्रिम अभ्यासले सम्भावित जोखिम न्यूनीकरण गर्न ठुलो भूमिका खेल्ने सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए ।
मनसुन सुरु भए सँगै अघिल्ला वर्षहरूमा पनि बाढी र पहिरोका कारण डोटी जिल्लामा ठुलो जनधनको क्षति भएको तथ्याङ्क छ । डोटी स्थित भैरव प्रसाद गणले विपद् जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विपद् सम्बन्धी पूर्व तयारी र उद्धार सम्बन्धी जिल्लाका ९ वटै स्थानीय तहहरूका स्वयंसेवकहरूलाई तालिम पनि दिएको छ ।
Shaileshwori
Loading...