टी–२० विश्वकप : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

जेठ २२ । आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालले आज पहिलो खेल खेल्दै छ । अमेरिकाको डालसमा रहेको ग्राड प्रेरी क्रिकेट रङ्गशालामा नेपाली समय अनुसार राति ९ः१५ बजे नेपाल नेदरल्यान्ड्ससँग खेल्दै छ ।
Sayalb
सुपर–८ को लक्ष्य राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । नेपाल नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपमा सुखद सुरुवात गर्न चाहन्छ । नेपाल रहेको समूह डी मा नेदरल्यान्ड्स, श्रीलङ्का, बङ्गलादेश र दक्षिण अफ्रिका छन् ।
नेपाल र नेदरल्यान्ड्सबीच टी–२० आईमा १२ खेल भएका छन् । नेपाल ५ खेलमा विजयी, ६ खेलमा पराजित र १ खेल नतिजाविहीन भएको थियो । नेपालले जितेका ५ मध्ये ३ खेल घरेलु मैदान टीयुमा छन् ।
Shaileshwori
Loading...