स्थानीयद्वारा अवरुद्ध पूर्वपश्चिम राजमार्ग सुचारु

जेठ २३, कैलाली । घोडाघोडी नगरपालिका–४ भालुफाँटामा स्थानीयले अवरुद्ध गरेको पूर्वपश्चिम राजमार्ग सुचारु भएको छ । ट्रकको ठक्करबाट २३ वर्षीय कमल तिरुवाको मृत्यु भएपछि बुधवार दिउँसो १२ बजेबाट स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए ।
Sayalb
मङ्गलवार राति घोडाघोडी नगरपालिका–४ भालुफाँटामा सुदूरपश्चिम प्रदेश ०३–००२ ख ००११ नम्बरको ट्रक र सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक तिरुवा घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका तिरुवाको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको भएको थियो । प्रहरीले ट्रक र ट्रक चालक दोलखाको बिगु गाउँपालिका–४ का ५० वर्षीय पदमबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
Shaileshwori
Loading...