आईसिसी टी–२० विश्वकपमा आज भारत र पाकिस्तान खेल्दै

जेठ २७ । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसिसी टी–२० विश्वकपमा आइतबार राति भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । अमेरिकाको न्युर्योकमा हुने यो प्रतिस्पर्धालाई विश्वकपको एक महत्त्वपूर्ण खेलको रूपमा क्रिकेट समर्थकले हर्नेछन् । चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान समूह ‘ए’ मा रहेका छन् ।  यो खेल नेपाली समय अनुसार आइतबार राति ८ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
भारत  र पाकिस्तानको राजनीतिक द्वन्द्वसँगै क्रिकेटलाई जोडेर हेर्ने भएकाले यो प्रतिस्पर्धालाई भिडन्तका रूपमा चर्चा गर्ने धेरै छन् । यो विश्वकपको समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, क्यानडा र आयरल्यान्ड छन् ।
Sayalb
भारत र पाकिस्तान दुवै टिमले जारी विश्वकपमा दोस्रो खेल खेल्न लागेका हुन् । भारत पहिलो खेलमा आयरल्यान्डमाथि ८ विकेटको जित निकाल्दै उच्च मनोबलका साथ मैदानमा हुनेछ । पाकिस्तान भने आयोजक अमेरिकासँग सुपर ओभरमा पहिलो खेलमा पराजित भएकाले भारतसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ ।
टी–२० अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भारत र पाकिस्तानले १२ खेल खलेका छन् । जसमा भारतले नौ खेलमा जित निकाल्दा पाकिस्तानले तीन खेलमा मात्र विजय प्राप्त गरेको छ ।
टी–२० विश्वकपमा भने भारत र पाकिस्तानबिच सात वटा खेलमा भेट भएको छ ।  आइतबार राति हुने खेल यी दुई देशको आठौँ प्रतिस्पर्धा हो । विश्वकपमा पाकिस्तानविरुद्ध भारत पाँच खेलमा विजयी भएको छ । पाकिस्तानले भने विश्वकपमा भारतविरुद्ध एउटा खेल मात्र जितेको छ । विश्वकपमा यी दुई देशबिचको एक खेल भने बराबरीमा सकिएको छ ।
Shaileshwori
Loading...