सांसद ओलीले गराए प्रदेश स्थानीय सेवालाई समावेशीकरण

जेठ २९, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य शिब सिं ओलीकाे पहलमा प्रदेश स्थानीय सेवालाई समावेशीकरण गरिएकाे छ । सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा बनेकाे विधेयक २०८० समाबेशी नभएको भन्दै सांसद ओलीले जेठ २५ गते संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

Sayalb

विधेयकमा सुदूरपश्चिम स्थानीय सेवा मात्रै रहेकोमा उनले निजामती समेतलाई समेट्नुपर्ने राखेको प्रस्ताब यही २८ गते स्वीकृत भएरकाे छ । अब प्रदेश स्थानीय सेवामा सबै कर्मचारीलाई समेटिएको र सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन र सेवा सर्त सम्बन्धमा बनेकाे विधेयक २०८० समावेशी भएकाे सांसद ओलीले जानकारी दिए ।

स्थानिय तहका कर्मचारी र सरोकारवाला सङ्गको छलफल पछि स्थानीय तहलाई कार्य सन्चालनमा सहज र कर्मचारिको मनोबल उच्च बनाउन सम्सोधन प्रस्ताब दर्ता गरायको सांसद ओलीकाे भनाई छ ।

Shaileshwori
Loading...