डेनिस्का बहुउद्देश्यीय फर्मका ४५ ओटा बाख्रा हराए

Sayalb
जेठ ३०, डोटी । बोगटान फुड्सिल गाउँपालिका–५ धिर्कामान्डौ भतालीमा ४५ ओटा बाख्रा हराएका छन् । डेनिस्का बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्मका ४५ ओटा बाख्रा सोमबार देखि हराएका हुन् ।
सोमवार दिउँसो भताली गाउँ माथि रहेको खडपरे जङ्गलमा चराउन लगेका बेला बाख्रा हराएको फर्मका सञ्चालक टेक बोहराले जानकारी दिएका छन् । हराएका बाख्राको खोजी कार्य गरिरहेको भए पनि अहिलेसम्म फेला नपरेको बोहराले बताए ।
कसैले फेला पारेमा मोबाइल नम्बर ९८४८४०८९८७ मा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।
Shaileshwori
Loading...