
असार ५, डोटी । नेपाली काँग्रेसका महासमिति सदस्य पदम राज जोशीले डोटीको सायल गाउँपालिका– २ स्थित भवानी माध्यमिक विद्यालयलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।

बुधवार विद्यालयमा आयोजित एक समारोहमा नेपाली काँग्रेसका नेता जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सिंह र प्रधानाध्यापक खड्क बहादुर सिंहलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँको चेक हस्तान्तरण गरे ।
नेपाली काँग्रेसका नेता जोशीले विद्यालयको पठन पाठन र गुणस्तरीय शिक्षामा योगदान पुर्याउने उद्देश्यले सहयोग गरेको बताए ।
