चौरपाटी गाउँपालिकाको बजेट ४६ करोड 

अछामको चौरपाटी गाउँपालिकाले ४६ करोड २७ लाख ४४ हजारको बजेट ल्याएको छ । चौरपाटी गाउँपालिकाको दोस्रोको पाचौँ अधिवेशनमा गाउँ सभाका सदस्य हेम कर्ण खड्काले आर्थिक वर्ष ०८१/०८२का लागी चौरपाटी गाउँपालिकाको विनियोजन विधेयक २०८१ प्रस्तुत गर्दै ४६ करोडको बजेट प्रस्तुत गर्नु भएको हो ।
आर्थिक वर्ष ०८१/०८२को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त चालु खर्च, पुजिँगत खर्च, वित्तीय व्यवस्थाको रकम सहित बजेट प्रस्तुत गरिएको हो ।  गाउँ सभाले वैशाख २५ गते प्रस्तुत नीति तथा कार्यक्रम पास समेत गरेको छ ।
Sayalb
जनताको पक्षमा काम गर्ने गरी ०८१/०८२को बजेट तयार हुने चौरपाटी गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताए । साउँदले भने ‘ हामी जनताको हितमा बजेट ल्याउने छौँ र समानुपातिक विकास गर्ने हाम्रो कोसिस हुन्छ ।’
Shaileshwori
Loading...