हावाहुरीले छाना उडाएकाहरूलाई घर मर्मत सामाग्री दिइयो

बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ सिमचौरका ६ परिवारलाई घर मर्मतका लागी राहत सामाग्री हस्तान्तरण गरिएको छ ।  युनाइटेड मिसन टु नेपाल (युएमएन) डोटी कलष्टरको सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र (आरसिडिसि) डोटीले दुई लाख ६१ लाख हजार चार सय १३ रुपैयाँ बराबरका घर मर्मतका लागी सामाग्री हस्तान्तरण गरिएको हो ।
Sayalb
गत जेठ महिनामा हावाहुरी जन्य प्रकोपले घरको छाना उडाएर विपद्मा परेका परिवारलाई जस्ता पाता, सिमेन्ट र किला उपलब्ध गराइको ग्रामीण समुदाय विकास केन्द्रका डोटीका परियोजना संयोजक प्रयागराज कापडीले जानकारी दिए ।  घर मर्मतका लागी राहत सामाग्री पाउनेमा काटैका जोगी साउद, मौडाका बसन्ती बोहरा,  मान बहादुर बोहरा, लाल बहादुर बोहरा, लोकेन्द्र बहादुर पुन, रमेश घर्तिमगर रहेको उनले बताए ।
त्यस्तै घर भत्केका राम बहादुर मल्ल, रमेश साउद, मोती साउद र खेम बहादुर बोहरालाई ९६ हजार आठ सय ४० रुपैयाँ बराबरका प्रति व्यक्ति तीन ओटाका दरले १२ ओटा बाख्रा वितरण गरिएको थियो । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खेम बहादुर घर्तिमगर र युनाइटेड मिसन टु नेपाल (युएमएन) डोटी कलष्टर परियोजना व्यवस्थापक सुरेन्द्र राईको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
Shaileshwori
Loading...