सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको वेबसाईट ह्याक

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाईट ह्याक भएको छ। शुक्रवार बिहान १० :३० मा साइट ह्याक भएको हो। मुख्यमन्त्री कार्यालयको साइट ह्याक भएपछि अहिले हेर्न नमिल्ने भएको छ।
बिहान १०ः३० मा वेबसाईट ह्याक भएको सूचना अधिकारी जगदीशप्रसाद जोशीले बताए। वेबसाईट ह्याक भएको थाहा हुनासाथ सूचना प्रविधि विभाग काठमाडौंमा खबर गरेर साइट रिकभर गर्ने काम भइरहेको सूचना अधिकारी जोशीले बताए।

Sayalb

अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को साइट खोल्दा ह्याक्ड बाइ क्याप्टेन स्मोक थ्री आर लेखिएको देख्न सकिन्छ।

Shaileshwori
Loading...