डोटीका एनजिओकर्मी खड्काको निधन

असोज २०, डोटी

bhukampa

डोटीका एक एनजिओकर्मीको निधन भएको छ । बेहोस अवस्थामा फेला परेका विनोद खड्काको मृत्यु भएको हो । बेहोस अवस्थामा फेला परेका केदार ग्रामिण विकास समाज नेपालले सहजिकरण गरिरहेको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत खड्कालार्ई उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै ज्यान गएको हो । बेहोस फेला परेका खड्कालाई मंगलबार (आज) बिहान उद्धार गरेर विपिनगर स्वास्थ्य चौकी लगीएको र त्यहा उपचार हुन नसके पछि गाउँपालिकाको एम्वुलेनसमा धनगढी पठाईएको र बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बिहान ५ बजे से ५ प २६३१ नम्बरको मोटरसाइकलमा कार्यालय हिडेका खड्कालाई गाउँपालिकाका कर्मचारी तिलम साउँदले बिहान ८ बजे बाटोमा बेहोस अवस्थामा फेला पारेको ईलाका प्रहरी कार्यालय विपिनगरका इन्चार्ज ईन्सपेक्टर लाल बहादुर ऐरले जानकारी दिए । मोटरसाइकलनमा कुनै पनि क्षेती नभएको र खड्काको शरिरमा चोट पटक समेत नदेखिएकोे इन्सपेक्टर ऐरले बताए ।  मृतक खड्का आदर्श गाउँपालिका वडा नं. १ बाँझका हुन ।

Shaileshwori
Loading...