परिचयात्मक छलफल कार्यक्रम सम्पन्न


कमल बम
असोज २०, डोटी
बोगटान फुडसिल गाँउपालिकामा सम्मान परियोजना र जिबिकोपार्जन पुर्न स्थापनाको लागी जलवायु संबेदनसिल सुशासन परियोजनाको कृयाकलाप तथा बजेट सम्बन्धि परिचयात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । मंगलबार युएमएन डोटी कलस्टरको आर्थिक सहयोगमा समान पहुँच बिकास केन्द्र (सिड) नेपाल डोटीद्धारा संचालित विद्यालयको शिक्षा समाप्ति र स्थानीय तथा बाह्य स्तरमा दक्ष सिपको प्रयोगद्वारा आप्रवासी युवाहरूको सम्मान (सम्मान परियोजना) र जिबिकोपार्जन पुर्न स्थापनाको लागी जलवायु संबेदनसिल सुशासन परियोजनाको कृयाकलाप तथा बजेट सम्बन्धि परिचयात्मक छलफल कार्यक्रम सम्पन्न भएको जिबिकोपार्जन पुनरस्थापनाको लागी जलवायु संबेदनसिल सुशासन परियोजना संयोजक नरेन्द्र रोकायाले बताउनु भयो । बोगटान फुड्सिल गाउपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति गाँउपालिका उपाध्यक्ष भगवती देवी बम रहनुभएको थियो । त्यस्तै कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भरत बहादुर चन्द, वडा नम्बर १, ४, ७ का वडा प्रतिनिधि, बिषयगत निकायका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सम्मान परियोजना संयोजक रुद्र बम र जिबिकोपार्जन पुनरस्थापनाको लागी जलवायु संबेदनसिल सुशासन परियोजना संयोजक नरेन्द्र रोकायाले सहजिकरण गर्नुभएको थियो ।
