प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङ बहुमतले पारीत

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ कायम भएको छ । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी कायम गर्नुपर्ने प्रस्ताव संसदमा पेश गरेका थिए । उक्त प्रस्तावहरु बहुमतल पारीत भएका छन् । शान्तिका अग्रदूत गौतम बुद्धको कपिलवस्तुस्थित जन्मभूमिको नामलाई प्रदेश ५ ले ग्रहण गरेको हो । प्रदेशको नाम लुम्बिनी कायम गर्न भएको मतदानमा ८३ जना सांसद मध्ये पक्षमा ७९ र विपक्षमा ४ मत खसेका थिए भने स्थायी राजधानी बैठकमा उपस्थित ८२ मध्ये राजधानी दाङ कायम गर्ने पक्षमा ६९ मत खसेको थियो । दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी कायम गर्न भएको मतदानमा बैठकमा उपस्थित ८२ मध्ये पक्षमा ६९ मत र विपक्षमा १३ मत खसेको थियो ।

प्रदेश ५ का सभामुख पूर्ण घर्तीले लुम्बिनी नाम र स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र बहुमतले कायम भएको जानकारी दिए । उक्त प्रस्तावमा दर्ता २ वटा संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका छन्। । प्रदेश ५ को प्रदेशसभामा ८७ जना सांसद रहेका छन् । जसमा नेकपाका मात्र ६१ जना छन्। । कांग्रेसका १९ सांसद, जनता समाजवादीका ६, राष्ट्रिय जनमोर्चा १ जना सांसद छन्। ।
