बिनोद मृत्यु प्रकरण : रहस्यमय चार तथ्य

Sayalb

ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजना अन्तरगत बडीकेदार गाउँपालिकामा कार्यरत आदर्श गाउँपालिका वडा नं. १ बाँझकाकनीका बिनोद खड्काको मृत्यु रहस्यमय देखिएको छ । खड्का बडीकेदार गाउँपालिका वडा नं. २ बिपिनगर नजिकै मंगलबार बिहान अर्धचेत अबस्थामा  फेला परेका थिए ।
मोटर साईकलबाट सडकमा खसे जस्तो देखिनेगरी अर्धचेत अवस्थामा रहेका खड्काको उपचारका लागी धनगढी लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । खड्काको मृत्यु वा हत्या भन्ने बिषयमा सन्सय पैदा भएको छ ।
एक्कासी मृत्यु भएको खबर परिवार र आफ्न्तलाई बिश्वास लागी रहेको छैन । घटनास्थलमा भएका केही तथ्यले घटनालाई थप शंखासपद र रहस्यमय बनाएको छ ।
रहस्य १ :  चापी खल्तीमा हुनु 
मृतक बिनोद खड्काले चलाइ रहेको मोटर साईकलको चापी खल्तीमा भेटिएको छ । घटनाको प्रकृती हेर्दा खड्का चलाईरहेको मोटरसाईकल मै बेहोस भएर वा केही समस्या भएर ढलेको जस्तो देखिएपनी मोटर साईकलको चापी जकेटको खल्तीमा भेटिएको छ । गाडीमा बेहोस भएको मान्छे कसरी चापी झिकेर खल्तीमा राख्छ ? खल्तीमा राख्नेसम्म होस थियो भने आफु किन छेउमा बसेन वा मोटर साईकल किन साईड लगाएन भन्ने प्रश्न खडा हुन्छ ?
रहस्य २ : मोवाईल छैन
मृतक खड्काको साथमा रहेको मोवाईल नभेटिनु अर्को रहस्यमय कुरा छ । नियमित साथमा राख्ने मोवाईल न उनी राति बसेको होटल श्रृजनामा छ न उनी लडेको सडकमा भेटिएको छ । आँखिर सधैँ साथमा राखिराख्ने मोवाईल कहाँ गयो ? अर्को महत्वपुर्ण बिषय छ ।
रहस्य ३ : हेलमेट सिधै अघाडी खस्नु 
यस घटनामा हेलमेट सिधै अघाडी खस्नु पनि अर्को रहस्य देखिन्छ । खड्काको शबको प्रकृती हेर्दा सरल रुपमा खसेको जस्तो देखिए पनि हेलमेट सिधै अघाडी खसेको देखिन्छ । मोटरसाईकल कुनै पनि बस्तुसंग नठोक्कीर हेलमेट खस्ने वा सिधै अघी उछिटिएर जाने सम्भावना कम हुन्छ । तर त्यहाँ कुनै ठक्कर भएको देखिन्न । खड्को शरिर मोटरसाईकलमा देखिनेगरी कुनै निलडाम वा छाप छैन ।

रहस्य ४ : रुम पार्टनरलाई बाहिर निश्केको थाहा छैन
बिपिनगरमा रहेको श्रृजना होटलमा राती संगै सुतेका साथीलाई समेत उनी कती बेला बाहिर गए जानकारी छैन । राती एउटै कोठामा रहेका सहकर्मी झपड बोहरा भन्छन ‘मैले एक्कासी आठ बजे जानकारी पाएँ मैले चाँडै उठेर बाहिर गए होलान भन्ने भयो कती बेला बाहिर गए भन्ने थाहा पाएन, उनले मलाई जान्छु पनि भनेन्न ।’
कार्यरत क्षेत्र खड्यौली जानका खड्का बिहान हिनेका भए संगै सुतेका साथी वा होटल सञ्चालकलाई जानकारीसम्म दिनु पर्ने ।

Shaileshwori
Loading...