धनगढीका दुई जनामा हैजा पुष्टि

Sayalb

साउन १०, धनगढी ।  कैलालीको धनगढीमा दुई जना बिरामीमा हैजा पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको हो ।
अझै एक बालिकामा पनि हैजाको शंका रहेको तर पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु दुवै जनाको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयले सर्वसाधरणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

Shaileshwori
Loading...