राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त

साउन १०, काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको हो ।

Sayalb

मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारीलाई नियुक्त गरेको जानकारी दिए ।

त्यसैगरी राष्ट्रिय योजना आयोगको सदस्यमा डा. आरती बिछार, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरिएको पनि प्रवक्ता गुरुङले जानकारी दिए ।

Shaileshwori
Loading...