
साउन १९, धनगढी । कैलालीमा खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–८ का २६ वर्षीय पङ्कज लाभको डुबेर मृत्यु भएको हो ।

कैलाली प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१ बसन्तटोल र वडा नम्बर ८ धनगढी गाउँको बिचबाट बग्ने खोलामा डुबेर उनको मृत्यु भएको हो । उनी खोलामा जानुको कारण खुलेको छैन ।
