माथिल्लो फुलोट सामुदायिक वन अनुगमन

मनमोहन ठकुल्ला, डोटी । पूर्वीचौकी गाउँपालिका वडा नम्बर १ मा अवस्थित माथिल्लो फुलोट सामुदायिक वन अनुगमन गरिएको छ । आइतबार वडा जनप्रतिनिधि, स्थानीय, इलाका वन रक्षक र वन समितिका पदाधिकारीहरूको संयुक्त टोलीले वन अनुगमन गरेको हो ।
वन समितिको आयोजनामा आफ्नो मातहतमा रहेको  चोडल्लेमाणु देखि नवाँदेउसम्म वन अनुगमन गरिएको छ । वनको रेखदेख गर्न वनपाले भए पनि समग्र वनको अवस्थाबारे अनुगमन  गरिएको वन समितिका सचिव राम खड्काले बताए । सचिव खड्काले भने, ‘पहलमान सिंह स्वाँर राजमार्ग अन्तर्गत दायाँ अथवा तल्लो क्षेत्रमा चरिचरन पनि पाँच वर्षका लागि समितिको निर्णयले प्रतिबन्ध लगाएको छ ।’  सचिव खड्काले वन संरक्षण संवर्द्धन गर्न समितिले बेलाबखतमा विशेष निगरानी राखिरहेको बताए ।
Sayalb
माथिल्लो फुलोट सामुदायिक वनका अध्यक्ष महेन्द्र बहादुर खड्काले वर्षमा १ पटक सरोकारवाला व्यक्तिहरूको सहभागितामा वन अनुगमन गरिँदै आएको बताए । उनले भने, ‘वन अनुगमन गर्दै जाँदा ठिकै छ, पहिलेभन्दा अहिले स्थानीय सचेत भैसकेका छन् तर कतिपयद्वारा लुकिचोरी सल्लाघारीबाट झोरो निकासी भइरहेको छ, तिनीहरूको निगरानी हुँदै छ ।’
साथै वनमा रहेका ढलेका सल्लाका रूखहरू हटाउने र गोडमेल गर्ने कार्य वन समितिले योजना बनाइरहेको अध्यक्ष खड्काले बताएका छन् । खड्का थप्छन्, ‘यसपालि जिल्लाका प्रायः सबै वन क्षेत्रमा आगलागी भयो, तर हाम्रो वनमा हुन पाएन, भए पनि नियन्त्रण लियौँ र त्यसमा खुसी छौँ ।’
यस वर्ष वनमा आगलागी फैलिरहेको बेला वन समितिका पदाधिकारी गएर आगलागी नियन्त्रणमा लिएको बताए । अध्यक्ष खड्का भनेका छन्, ‘मलाई विगतमा वनमा काम गर्दाको करिब ३ दशकको अनुभव छ, वन सबैको साझा हो जोगाउनु पर्छ, र वनबाट उठेको रकम गाउँमा आपत् विपत् पर्दा सहयोग गर्नुपर्छ ।’
Shaileshwori
Loading...