डोटीमा बस दुर्घटना हुँदा १७ जना घाइते

३२ साउन, डोटी । डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायल आउँदै गरेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) भिमलाल भट्टराई का अनुसार दिपायल सिलगढी नगरपालिका–४ समुहगाड स्थित शुक्रवार बिहान ५ बजेतिर बस दुर्घटनामा परेको हो ।

Sayalb

दुर्घटनामा परि घाइते भएकाहरूको राजपुर स्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था मध्यम र सामान्य रहेको डिएसपी भट्टराईले बताउनु भयो । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । उकालोमा दुर्घटना भएको बस प्राविधिक कारणले दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Shaileshwori
Loading...