नगरपालीकाका कर्मचारीमा कोरोना पुष्टि भएपछि अमरगढी नगरपालिका सिल
असोज २१, डडेल्धुरा
डडेल्धुराको अमरगढी नगरपालिकाका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नगरपालिकाको कार्यालय सिल गरिएको छ । बुधबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको हो । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को निर्णय नहुँदा सम्म नगरपालिकाको कार्यालय सिल गरिएको मेयर विशेश्वर प्रसाद ओझाले बताउनु भयो । अब सबै कर्मचारीको स्वाब संकलन गर्ने योजना रहेको पनि मेयर ओझाले जानकारी दिनुभयो ।