एकै दिन तीन हजार ४३९ जनामा कोरोना पुष्टि

बुधबार देशभरका थप ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ३९ जनामा कोरो पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोराना संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।

बुधबार काठमाडौं उपत्यकाका मात्र एक हजार ६ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर कोरोना संक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ । यस्तै बुधबार ११ सय २६ जनाले कोरोना जितेका छन् । योसहित कोरोना जित्नेको संख्या ६८ हजार ६ सय ६८ पुगेको प्रवक्ता गौतमले बताउनु भयो ।
