सेती प्रादेशिक अस्पतालबाटै क्यान्सरको उपचार गर्न सम्झौता

भदौ १९, धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा क्यान्सरको उपचार सुरु गरिने भएको छ। चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सेती प्रादेशिक अस्पताल धनगढीका बिच सम्झौता भएसँगै क्यान्सरको उपचार सुरु हुन लागेको हो ।

Sayalb

क्यान्सर उपचार सेवा सुरु गर्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेती प्रादेशिक अस्पताललाई सहयोग गर्ने छ। सेवाको सुरुवात गर्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेल र सेती प्रादेशिक अस्पतालका तर्फबाट प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका गरेका छन् ।

Shaileshwori
Loading...