भदौ २२, धनगढी । कैलालीमा तालमा डुबेर एक जनाको मृत्यु भएको छ । शनिवार धनगढी उपमहानगरपालिका–३ बिशालनगरस्थित नेतुवा तालमा डुबेर गोदावरी नगरपालिका–८ श्रीपुर बस्ने ३० वर्षीय कमल चौधरीको मृत्यु भएको हो । उनको मानसिक अवस्था कमजोर रहेको उनका दाइ सीताराम चौधरीबाट खुलेको प्रहरीले बताएको छ।
यस विषयमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी निरीक्षक दीपकबहादुर धामीको कमाण्डमा एसओसीओसहित ७ जना प्रहरी टोली खटिएको छ।