
भदौ २७, कैलाली । कैलालीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। बिहिवार गोदावरी नगरपालिका–८ बस्ने टेकबहादुर बोहराका ५ वर्षीय छोरा रितिक बोहराको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार करेन्ट लागेर घाइते भएका रितिकको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । रितिकलाई घरमा खेल्ने क्रममा नाङ्गो तारबाट करेन्ट लागेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
