
कार्तिक २६, धनगढी । कैलालीको गोदावरीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । गोदावरी नगरपालिका–१ बसन्तपुरकी ३८ वर्षीया जगुदेवी बोहराको करेन्ट लागेर सोमवार मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात धुने क्रममा मोटरबाट करेन्ट लागेर बोहरा गम्भीर घाइते भएकी थिइन्। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकोक्रममा मृत्यु भएको हो।
