सेति प्रादेशिक अस्पतालमा गरीएको परिक्षमा २४ जनामा कोरोना पुष्टि

बिहिबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय १३ जनाको कोरोना जाँच गरीएकोमा २४ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका कैलालीका १९ जना र कञ्चनपुर जिल्लाका ५ जना हुन । कैलालीको धनगढी उपमहानगरपालिकाका १२ जना, गोदावरी नगरपालिकाका ६ जना र गौरीगंगा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै कञ्चनपुरको वेदकोट नगरपालिकाका चार जना र महाकाली नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
