गोविन्द केसीको मागमा नागरिक समाज डोटीको ऐक्यबद्धता

बिक्रम खड्का/ असोज २२

Sayalb

चिकित्सा क्षेत्रको सुुधारका लागी अनशनरत डाक्टर गोबिन्द केसीको मागमा नागरिक समाज डोटीले ऐक्यबद्धता जनाएको छ । नागरिक समाज डोटीको बिहिबार बसेको नागरिक समाजको बैठकले डाक्टर के.सी.को मागको यथाशक्य सम्बोदन गर्नका लागी जिल्ला प्रशासन कार्यालय डोटी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
स्वास्थ्य शिक्षाको गुणस्तर सुधारका लागी गोबिन्द केसीले १९ औँ पटक अनसन बसेका छन । १९ औँ पटक अनसन बसेको आज २५ औँ दिन पुरा भएको छ ।
यस भन्दा पहिला १८ पटक अनसन बसेका केसी र सरकार बिच माग कार्यान्वयन गर्ने सहमतीपछी आन्दोलन टुङ्गिएको छ । यस पटक पनि वार्ताका लागी सरकारले टोली गठन गरेको छ ।

 

Shaileshwori
Bolpatra
Loading...