डोटीमा थप ५ जना कोरोना संक्रमित


निर्मला बम / असोज २२
जिल्ला अस्पताल डडेल्धुराको प्रयोगशालामा गरिएको परिक्षणमा आज डोटीमा ५ जना कोरोना संक्रमित भेटिएका छन ।
संक्रमित भेटिनेहरुमा बोगटान फुड्सिल गाउँपालिका वडा नं. ७ चवराचौतारा तिन बर्षको बालिका सहित ३ जना वडा नं. १ सिमचौरमा १ जना गरी ४ जना र दिपायल सिलगढी नगरपालिका वडा नं. ९ कलेनाका १ जना गरी पाँच जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
डोटी जिल्लामा हालसम्म एक हजार एक सय दश जना संक्रमित भएका छन भने संक्रिय संक्रमित १ सय ७ जना रहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ ।
