
मङ्सिर ११, लन्डन । विश्वका सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन भएको छ । विश्वकै वृद्ध व्यक्ति बेलायती जोन टिनिसवुडको उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले मङ्गलबार उनको परिवारलाई उदृत गर्दै बताएको छ ।

टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो र सोमबार उनको निधन भएको हो । अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उनी विश्वका सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए ।
