ब्यास गाउँपालिकाको बिकासका लागी प्रदेश सरकारको ५ करोडको बिशेष प्याकेज
![](https://muluknews.com/wp-content/uploads/2023/06/swasthy-doti.jpg.webp)
![Sayalb](https://muluknews.com/wp-content/uploads/2024/05/sayalb.jpeg)
मूलुक समाचार /असोज २२
नेपाल सरकारले जारी गरेको नयाँ नक्सामा रहेको लिपुलेक लिम्पीयाधुरा रहेको दार्चुलाको ब्यास गाउँपालिकाको बिकासका लागी सुदूरपश्चिम प्रदेश सरकारले ५ करोडको बिशेष प्याकेज छट्टाएको रकम कार्यान्वयन चरणमा गएको छ । गाउँपालिकाको बिकासका लागी नियमित भन्दा छुट्टै रकम बिनियोजित गर्ने सुदूरपश्चिम प्रदेश सरकार मन्त्री परिषद्ले निर्णय गरेको थियो ।
उक्त रकम कार्यान्वयन गर्ने बारे आज सुदूरपश्चिम प्रदेशका मूख्यमन्त्री र दार्चुलाको ब्यास गाउँपालिकाका दिलिप सिंह बुढाथोकीका बिच छलफल सम्पन्न भएको छ ।
भारतीय सीमा क्षेत्रसँग जोडिएको दार्चुलाको ब्यास गाउँपालिकाको समग्र विकासका लागि प्रदेश सरकारले विशेष प्याकेज घोषणा गरेको रकम कार्यान्वय गर्ने बिषयमा अध्यक्ष बुढाथोकीसंग मूख्यमन्त्री भट्टले छलफल गरेका हुन । भौंगोलिक रुपले दुर्गम उक्त गाउँपालिकामा भौंतिक पूर्वाधार बाटोघाटो, खानेपानी, सिचाईँ कुलो, विधुतीकरण लगायतका निर्माण सँगै विधालय शिक्षा, स्वास्थ्य, कृषि खाध्यान्न ढुवानीमा राहत, सामाजिक सुरक्षा लगायत विकासको योजनाबद्ध खाका बारे छलफल भएको मूख्यमन्त्रीका स्वकिय सचिब शिबसिंह ओलीले जानकारी दिए ।
![Shaileshwori](https://muluknews.com/wp-content/uploads/2022/09/saileshwori.gif)