बाजुरामा एक सुत्केरीको मृत्यु
बाजुरा जिल्लामा एक जना सुत्केरीको मृत्यु भएको छ । बुढिनन्दा नगरपालिका वडा नम्बर ४ कुरुमा सुत्केरी व्यथा लागेपछि अस्पताल लैजाने क्रममा २३ वर्षीय अम्बकला रोकायाको बाटोमै मृत्यु भएको वडाध्यक्ष राजन रोकायाले वताए ।रोकायालाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजाने क्रममा मृत्यु भएको उनले बताए । गाँउमा प्रसुती सेवा केन्द्र नहुँदा आफन्तले बोेकेर पाँच घण्टाको दुरीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा बोकेर लैजादै थिए ।
सुत्केरी ब्यथा लागेकी उनलाई गाँउमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। त्यहाँ प्रसुती सेवाका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी नभएका कारण कोल्टी पठाईएको थियो ।
कुरु गाँउमा प्रसुती केन्द्र स्थापना नहुदा त्यहाँका महिलाहरुले समस्या भोग्दै आएका छन् । यो वर्ष मात्र प्राथमिक स्वास्थ्य केन्द्र लैजाने क्रममा दुई सुत्केरी महिलाको बाटोमै मृत्यु भईसकेको छ । अध्यक्ष रोकायाले कार्यपालिका बैठकमा बुढिनन्दा नगरपालिका ४ को स्वास्थ्य आधारभुत इकाईमा प्रसुती केन्द्र स्थापना गर्नुपर्ने माग गर्दै आएको भएपनि वेवास्ता गरिएको बताए ।