शुक्रबार सेति प्रादेशिक अस्पतालमा गरीएको परिक्षमा ४९ जनामा कोरोना पुष्टि
शुक्रबार सेति प्रादेशिक अस्पताल धनगढीमा गरीएको परिक्षमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय ९३ जनाको कोरोना जाँच गरीएकोमा ४९ जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका कैलालीका ३३ जना, कञ्चनपुर जिल्लाका १४ जना, डडेल्धुरा र सुर्खेत जिल्लाका एक/एक जना हुन । कैलालीको धनगढी उपमहानगरपालिकाका २१ जना, गोदावरी नगरपालिकाका ७ जना, भजनी नगरपालिकाका ३ जना, घोडाघोडी नगरपालिकाका र वर्दगोरिया गाँउपालिकाका एक/एक जना गरी ३३ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाका ६ जना, पुनर्वास नगरपालिकाका दुई जना, कृष्णपुर नगरपालिकाका एक जना, भिमदत्त नगरपालिकाका ५ जना गरी १४ जना, डडेल्धुराको भागेश्वर गाँउपालिका र सुर्खेत जिल्लाका एक/एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।