शेख हसिनासहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी

पुस २२, ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना पक्राउ पर्ने भएकी छन् । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले शेख हसिनासहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यसमा शेख हसिनाका पूर्वरक्षा सल्लाहकार मेजर जनरल रिटायर्ड तारिक अहमद सिद्दीकी र पूर्वप्रहरी महानिरीक्षक बेनजीर अहमद पनि सामेल छन् । वारेन्टहरू हत्या र जर्बजस्ती बेपत्ताको आरोपसँग सम्बन्धित दुईवटा मुद्दाहरूका हुन् ।

Sayalb

फेब्रुअरी १२ सम्म पेस गर्न आदेश

हसिनासहित ११ जनालाई पक्राउ गर्न अभियोजन पक्षले दायर गरेको दुई याचिकामा फैसला सुनाउने क्रममा आईसीटीका न्यायाधीश एमडी गुलाम मुर्तुजा मजुमदारको संयोजकत्वको  न्यायाधिकरणले यस्तो आदेश दिएको हो । बंगलादेशी मिडिया डेली स्टारमा छापिएको समाचारका अनुसार न्यायाधिकरणले शेख हसिनासहित १० जनालाई फेब्रुअरी १२ सम्ममा गिरफ्तार गरी पेस गर्न आदेश दिएको छ । ७७ वर्षीया शेख हसिना ५ अगस्टदेखि भारतमा बस्दै आएकी छन् । जुलाई–अगस्टमा विद्यार्थी आन्दोलनका क्रममा हत्या गराएको आरोप हसिनामाथि लागेको छ । उनीविरुद्ध बंगलादेशमा पनि २२५ मुद्दा दायर भएका छन् ।

Shaileshwori
Loading...